कुलमान को अर्को कमाल : नेपाल विद्युत् प्राधिकरणको नाफा सात अर्ब

एजेन्सी, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणमा साच्चिनै कुलमानले कमाल गरेका छन् । किनकी २०७५ र७६ मा मात्र नेपाल विद्युत् प्राधिकरणले ७ अर्ब बढी नाफा कमाएको छ। मंगलबार दिउसो उर्जा जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले पत्रकार सम्मेलन गरी आर्थिक वर्ष २०७५र७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिएका हुन्।

२०७४र७४ मा प्राधिकरणले २ अर्ब ९० करोड नाफा कमाएको थियो। प्राधिकरणले साँवा , व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैयाँ जम्मा गरेको छ। प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमी ल्याएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो। प्राधिकरणले गत आर्थिक वर्षमा ३ करोड ४७ लाख युनिट अर्थात् ३२ करोड रुपैयाको विद्युत् निर्यात गरेको छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *