गायक रामकृष्ण ढकालको गीत ‘सयौ कारण’ सार्वजनिक

एजेन्सी, काठमाडौं। पछिल्लो समयमा राम्रा र स्तरिय गीत सुन्न नपाएको धेरै स्रोता र दर्शकको गुनासो छ । हुनत राम्रा गीत संगीत नआएको पनि होइन तर पहिले भन्दा केहि कम भएकै हो । प्रविधिको बिकाश संगै सजिलै उपलब्ध रेकर्डिङ्ग स्टुडियो र हतारमा हिट हुन् खोज्ने गायक , संगीतकारका कारण सस्तो साधारण गीतहरु आइरहेका छन् ।

यस्तैबिचमा लोकप्रिय गायक, अब्बल संगीतकार , उत्कृस्ट शब्द रचना गर्ने गीतकारको सहकार्यमा एउटा उत्कृस्ट गीत सयौ कारण सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक रामकृष्ण ढकालको रहेको छ । गीतमा संगीत भर्ने काम चर्चित संगीतकार हरि लम्सालले गरेका हुन भने गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भैरहेको छ । फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *