विद्युत प्राधिकरणले ७ अर्ब बढी नाफा कमायो, चुहावट नियन्त्रण गर्दा नाफामा बृद्धि

एजेन्सी, काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आर्थिक बर्ष २०७५/७६ मा ७ अर्ब बढी नाफा कमाएको छ ।

उर्जा जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनले आर्थिक बर्ष २०७५/७६ मा प्राधिकरणले ७ अर्ब २० करोड नाफा कमाएको जानकारी दिनुभएको हो । २०७४/७४ मा प्राधिकरणले साढे २ अर्ब नाफा कमाएको थियो । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा प्राधिकरणले १ सय ४९ प्रतिशतले बढी नाफा कमाएको हो । प्राधिकरणले साँवा , व्याज र रोयल्टी गरी राज्यको ढुकुटीमा १५ अर्ब ५९ करोड रुपैया जम्मा गरेको छ ।

प्राधिकरणले विद्युत् चुहावटमा पनि उल्लेख्य रुपमा कमि ल्याएको छ । अघिल्लो बर्षको भन्दा ५ दशमलब १३ प्रतिशतले विद्युत् चुहावट घटेको छ । हाल प्राधिकरणको विद्युत् चुहावट १५ दशकमलब १३ प्रतिशत छ । उहाँले काठमाण्डौ उपत्यकालाई तार रहित बनाउने अभियान अन्र्तगत भूमिगत तार बिछ्याउने काम छिट्टै सुरु गरिने बताउनुभयो ।

विद्युत् चुहावटमा कमि ल्याउदै प्रभावकारी सेवा विस्तार लगायतका सुधार गर्दै अघि बढेको प्राधिकरणले भविष्यमा थप नाफा आर्जन गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *