गाडीको ठक्करबाट १ वृद्धाको ज्यान गयो

एजेन्सी, रौतहट। रौतहटको राजपुरमा सवारी साधनको ठक्करबाट एक बृद्धाको घटनास्थलमा नै ज्यान गएको छ । बौधीमाई नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको भारतीय बिआर ३२ प १५४१ नम्वरको गाडीले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

गाडीको ठक्करबाट भारतको सितामढी पौराही बस्ने विन्देश्वर दासको ज्यान गएको प्रहरीले जनाएको छ । राजपुर नगरपालिका वडा नं २ स्थित फतुवा पुल नजिकै गाडीले ठक्कर दिँदा उनको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

बौधीमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र प्रसाद चन्द्रवंशीले नगरपालिका तर्फ जाने क्रममा दुर्घटना भएको हो । उक्त गाडी तीव्र गतिमा रहेको कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

गाडीका चालक गौर नगरपालिका वडा नं. ४ बस्ने राकेश सहनीलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

– मनोज साह

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *