ब्रेकिङ न्युज : पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी

एजेन्सी, पोखरा । पोखराको न्युरोड स्थित नवदुर्गा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । मंगलबार दिउँसो साढे चार बजेको समयमा सुरु भएको आगलागी अझैं पनि नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

आगो नियन्त्रणका लागि प्रहरी र सशस्त्र प्रहरी लागिपरेका छन् । प्रहरी र महानगरपालिकाको तीन वटा दमकलबाट आगो नियन्त्रणको प्रयास भइरहेको जानकारी गराइएको छ । आगलागीबाट के–कति क्षति भयो विषयमा केही विवरण आएको छैन । थप विवरण आउन बाँकी…।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *