सन्दीप लामिछानेलाई भिषा रिजेक्ट गरेको ३ घण्टामा नै भिषा दियो अमेरिकाले

एजेन्सी, काठमाडौं। नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अमेरिकाले भिषा दिएको छ । आज विहान पहिलो पटक भिषाका लागी सबै प्रक्रिया पूरा गरेर एकाबहिानै दु्ताबास गएका सन्दिपलाई खाली हात फर्काइदिएको दुतावासले दोस्रो पटक बोलाएर केही नबोली भिषा दिएको छ ।

भिसा दिन अस्वीकार गरेको दूतावासले तीन घन्टापछि भिसा दिएको छ । दूतावासले पहिलो पटक भिसा दिन अस्वीकार गरेको खबर सन्दिपले ट्वीट गरेको केही समयमै दूतावासका अधिकारीहरुले उनलाई तत्कालै बोलाएर भिषा दिन राजी भएका छन् ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका हुँदै जान मंगलवार विहान सन्दिप काठमाडौंस्थित अमेरिकी दूतावास गए पनि दूतावासले भिसा दिन अस्वीकार गरे पनि दोस्रो पटक भने दिएको नेपाली टिमका व्यवस्थापक रमन शिवाकोटीले बताए । चाहिने सबै कागजपत्र हुँदाहुँदै पनि भिसा नदिएकोमा अचम्म लागेको भन्दै सन्दीपले ट्वीट गरेपछि यो खबर भाइरल बनेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *