कलिउड : ‘घरजम’को टिजर सार्वजनिक, बुद्धि तामाङ मुख्य भूमिकामा

एजेन्सी, काठमाडौं। चर्चित हाँस्य कलाकार बुद्धि तामाङको मुख्य अभिनय रहेको चलचित्र ‘घरजम’को टिजर र पोष्टर सार्वजनिक भएको छ। मौसम इम्बुङ लिम्बुको निर्देशनको चलचित्र ‘घरजम’को टिजर र पोष्टर सोमबार युट्युबमा सार्वजनिक गरिएको हो। पूर्वी नेपालको जनजीवन समेटेर निर्माण गरिएको चलचित्रमा साहित्यकार उपेन्द्र सुब्बाको कथा संग्रह ‘लाटो पहाड’मा समेटिएको कथाका केही अंशलाई समेटेर बनाइएको चलचित्रमा सिर्जना सुब्बा, बुद्धि तामाङ, यासेली योङहाङ, शैलेन्द्र थेबेको मुख्य भूमिका रहेको छ ।

जसमा कुशल थलङ, सुष्मा लिम्बु, किशोर पन्धाक, सीता तुम्बापो पन्धाक, हेमराज अन्छङ्बो, बबिता फोम्बो, इसिका जबेगु, जीवन भट्टराई, भरतमणि पौडेल, प्रेम ओझा, कुमार ढकाल, सागर केरुङ, घटिका थेबे, रवि सेर्मा, लक्ष्मी योङहाङ, बाबा मेन्याङ्बो, सञ्जय निङ्लेकु, दिनेश माङ्मु, नुनाम केरुङ, पुर्णिमा लिम्बू, कमिता तुम्बापो, टीआर सेनेहाङ, वीरेन्द्र खाम्धाक स्वयं सिंजाङगु, आयुषा लिम्बूखिम, तेज मेन्याङ्बो, सीता योङ्यालगायतको अभिनय रहेको निर्माण पक्षले जानकारी दिएको छ । रोमियो फिल्म्स् प्रा।लि।को ब्यानरमा निर्मित चलचित्र घरजम चलचित्रलाई आगामी सेप्टेम्बर १५ मा हङकङस्थित वाम्पो गोल्डेन हार्वेस्टमा प्रिमियर गरिने बताइएको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *