ओखर : डिप्रेशनको खतरा कम तथा शुक्राणु बढाउने अचुक फाइदा

एजेन्सी, काठमाडौं। नेपालमा सजिलै पाइने तथा तिहारमा अनिवार्य मानिएको ओखर बहुपयोगी रहेको एक अध्ययनले देखाएको छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार ओखर खानाले डिप्रेशनको खतरा कम गर्नेदेखि शुक्राणु बढाउनेसम्म काम गर्ने दाबी गरिएको छ । क्यालिफोर्निया यूनिभर्सिटीका सोधकर्ताले नियमित ओखर खाने व्यक्तिहरुमा डिप्रेशनको असर २६ प्रतिशत कम भएर जाने पाइएको दाबी गरेका छन्।न्यूट्रेन्ट जर्नलमा प्रकाशित सो अध्ययनकाअनुसार ओखर खानाले शरीरमा उर्जा बढाउँछ र एक्लोपनबाट मुक्त गराउँछ ।

२६ हजार भन्दा धेरै अमेरिकी युवाहरुलाई सहभागी गराइएको सो अध्ययनका क्रममा ओखर खाँदा शुक्राणु बढाउने, क्यान्सर र मुटु रोगबाट बचाउने काम समेत गर्ने पत्ता लागेको बताइएको छ । पुरुषहरुको शुक्राणु संख्या संसारभरको एक ठूलो समस्याका रुपमा लिइन्छ । वैज्ञानिकहरुका अनुसार शुक्राणु बढाउने उत्तम उपाय ओखरको सेवन पनि हो ।

अध्ययन अनुसार हरेक दिन ७५ ग्राम ओखरको सेवनले पुरुषमा शुक्राणु, जीवन शक्ति र गतिशीलतामा सुधार भएको छ । ओखरको सेवनले क्यान्सरसहित अन्य मुटु सम्बन्धी रोगहरुको खतरा कम गर्न पनि मद्दत गर्छ । यसको सेवनले कोलेस्ट्रल कम हुन्छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *