खेल्कुद : नेपालका सुवास गुरुङले १६० देशका प्रहरीलाई हराएर जिते २ स्वर्ण

एजेन्सी, पर्वत । विश्वका १६० देशका प्रहरीहरूको दौड प्रतियोगितामा सबैलाई चकित पार्दै सुवास गुरुङ प्रथम भएका छन् । सन् २०१९ को संस्करणमा पर्वत जिल्ला महाशीला गाउँपालिका–४ लाम्तुङका गुरुङले १० किलोमिटर दूरीको क्रस कन्ट्री दौड र हाफ म्याराथनमा दुई स्वर्ण पदक प्राप्त गरेसँगै ‘वर्ल्ड पोलिस एण्ड फायर गेम्स’ अन्डर थर्टी उमेर समूहको उपाधि चुम्न सफल भएका हुन् ।

तीन वर्षअघि सिङ्गापुर पोलिसमा भर्ती भएका जम्मा २२ वर्षीय सुवासले सिङ्गापुर पोलिसकै तर्पmबाट प्रतियोगितामा भाग लिएर यो उपाधि हाता पार्न सफल भएका हुन् । सिंगापुर प्रहरीका तर्फबाट उनी भिडेको भएता पनि उनको राहदानी नेपाली भएका कारण प्रमाणपत्रमा नेपाल नै उल्लेख छ ।

यसैबिच आगामी अगस्ट १८ गते पनि उनी दोड प्रतियोगीतमा सहभागीता जनाउने कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठले जानकारी दिए। कराँते प्रशिक्षक तथा रेफ्री राम श्रेष्ठका अनुसार उक्त ५ किलोमिटर दूरीको दौडमा पनि सफलता हाँसिल गरेमा सहभागिता जनाएका तीन ओटा इभन्टहरुमा नै पदक पाउने नेपाली खेलाडी बन्नेछन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *