अमेरिकी नेतृत्वमा भएकाे हवाई आक्रमणमा १० लडाकू मारिए

एजेन्सी, बग्दाद। इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ ।

अमेरिकी नेतृत्वको गठबन्धन सेना र इराकी सुरक्षा बलले संयुक्त रुपमा गरेको कारबाहीमा मारिएका ती सबै इस्लामिक स्टेट्स (आइएस) का लडाकू रहेका जनाइएको छ ।

इराकको प्रतिआतङ्कवाद सम्बन्धी निकाय (सिटिएस)को संयोजनमा अहिले सुरक्षा कारबाही तिब्र पारिएको अधिकारीहरुले जनाएका छन् ।

आइएस लडाकूहरु लुकेर बसेको सूचनाका आधारमा उनीहरुले देशको पश्चिमी अनबार प्रान्तमा आक्रमण गरेका हुन् । सिटिएसले अतिवादी लडाकूहरु विरुद्ध गरेको कारबाहीका क्रममा उनीहरुमध्ये आठ जनाको मृत्यु भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सुरक्षाकर्मीहरुले अतिवादीहरु विरुद्ध कडारुपमा प्रस्तुत हुँदा सन् २०१७ मा देशको सुरक्षा अवस्था नाटकीय रुपमा सुधार भएको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *