किसमिस : कब्जियतबाट छुट्कारा पाउन बिहान खाली पेटमा खानुहोस, अरु पनि छन धेरै फाईदा

एजेन्सी, काठमाडौं। आयुर्वेदका अनुसार प्रत्येक दिन विहान खाली पेटमा किसमिस खाने गरेमा क्यान्सर र मृगौंला सम्बन्धी रोगबाट बच्न सकिन्छ । साथै यसबाट शरीरिक कमजोरी सम्बन्धी कमजोरी हटाई, शक्रित बढाउन किसमिसले महत्वपूर्ण भूमिका खेल्छ ।

आउनु होस आज हामी किसमिसको नियमित सेवनले अरु के के फाइदा हुन्छन् त ? यसबारेमा जानकारी दिन्छौं जुन यसप्रकार छन् ।

ज्वरो निको पार्ने : किसमिसमा पाइने एन्टी बायोटिक तत्वले ज्वरोलाई छिटो कम गर्न मद्दत गर्छ । किसमिस नियमित सेवनले शरीरको रोग प्रतिरोधक क्षमता बढाउछ । साथै शक्तिको तह पनि बढाउन मद्दत गर्छ ।

कब्जियत निको : एक मुट्ठी किसमिस साँझ पानीमा भिझाएर विहान खाली पेट पानी पानी पिउनाले र भिजेको किसमिस खाने गर्नाले अपच वा कब्जिय जस्ता समस्याबाछ मुक्ती पाइन्छ ।

रगतको कमी : किसमिसमा आइरन धेरै मात्रामा पाइन्छ । त्यसैले नियमति किसमिस खाने गर्नाले रगत कमी हुने समस्याबाट सजिलै छुट्कारा पाइन्छ ।

मृगौंला : किसमिसमा मानव शरीरलाई अतिआवश्यक पर्ने थुप्रै तत्वहरु पाइन्छन् । जसले शरीरमा भएको टक्सिनलाई बाहर निकल्न ठूलो मद्दत गर्छ । र मृगौंलालाई स्वस्थ राख्ने मद्दत गर्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *