बजार : सुनको मूल्य प्रतितोला ७१ हजार रुपैयाँ, चाँदीको १० रुपैयाँ बढ्यो

एजेन्सी, काठमाडौं। तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५ रुपैयाँ कायम भएको छ । गत शुक्रबारको तुलनामा छापावाल र तेजावी सुनको मूल्य प्रतितोला एक हजारले वृद्धि भएको छ भने चाँदीमा पनि प्रतितोला १० रुपैयाँले मूल्य बढेको छ ।

पछिल्लो एक महिनामा सुनको मूल्य प्रतितोला ६ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अहिले दिनमा एक किलो पनि सुन बिक्री भएको छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *