क्यारेबियन प्रिमियर लिग खेल्न जान लागेका सन्दीपलाई अमेरिकाले भिसा दिएन

एजेन्सी, काठमाडौं। नेपालका चर्चित युवा क्रिकेटर तथा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा रिजेक्ट गरेको छ । क्यारेबियन प्रिमियर लिग खेल्न अमेरिका जान भिसा आवेदन दिएका उनलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको हो ।

सन्दीपले आफ्नो ट्वीटर मा लेखेका छन् – ‘२०१६ देखि आफ्नो राष्ट्रलाई प्रतिनिधित्व गर्दै विभिन्न देशमा खेल्न पुगेको मलाई अमेरिकाले आवश्यक कागजात नपुगेको भन्दै भिसा रिजेक्ट गर्दा आश्चर्यमा परेको छु । यसले मेरो खेल करियरलाई समेत अप्ठ्यारोमा पारेको छ ।

उनले पीएम नेपाललाई मेन्सन गर्दै ट्वीट गरेका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *