कृषि : मुगुमा स्याउ फस्टायाे, किसानकाे समस्या कसले देख्ने ?

एजेन्सी, मुगू। समयमा विरुवा काँटछाँट, मलजलको पर्याप्त व्यवस्था गर्न सके हरेक वर्ष स्याउको उतपादन प्रशस्त हुने गर्छ । स्याउ कृषकले यसपालि पनि समयमा नै ध्यान दिएकाले मुगु जिल्लामा स्याउ उत्पादन फस्टाएको छ ।

गर्त वर्ष समयमै हिउँ र पानी नपर्दा र स्याउको फल लाग्ने समयमा असिना पर्दा उत्पादनमा राम्रो भएको थिएन । गत सालभन्दा यो वर्ष स्याउ उत्पादनमा राम्रो भएको स्थानीय छायानाथ रारा नगरपालिका बडा नम्बर ५ का स्वाउ कृषक बाँच्या महताराले बताए ।

कृषक महताराले आफ्नो मिहिलेत गरी यो वर्ष निकै राम्रोगरी स्याउ फलाएका छन् । उनी भन्छन्, ‘२० रुपैया देखी ३० रुपैया प्रति केजीको मूल्य दिन्छाैँ भन्दै ब्यापारी स्याउ बगैँचामा नै आउथे तर यो वर्ष आफैँले गाडीमा स्याउ लाेड गरेर नेपालगंज, सुर्खेतसम्म लगेर बिक्री गर्ने लक्ष्य छ । स्टोर गर्ने ठाँउ छैन ।’

अर्का कृषक हरि बहादुर रोकायाका अनुसार मुगुका कृषकहरुले स्याउको मूल्य नपाएको र भण्डार गर्ने कोठ नभएकाे हुँदा लाखाैँ मूल्य बराबरको स्याउ खेर जाने गरेको सुनाए । यसले कृषकहरु मारमा परेको उनकाे भनाइ छ ।

सदरमुकाम आस पासको स्वाउले सामान्य केही मुल्य पाए पनि सदरमुकाम टाढा रहेका कृषकहरुले भने बजार नपाउँदा आफन्तलाई नासोको रुपमा दिएर घरमै खाएर खाएर अनि सुकुटी बनाएर समेत उपयाेग गर्ने गरेको छायानाथ रारा नगरपालिका वडा नम्बर १२ का वडाअध्क्षय सुवासचन्द्र बुढाले बताए ।

मुगु जिल्लाका स्याउ पकेट क्षेत्र घोषण गरिएका ताल्चा, कार्कीबाडा, वाम, सोरुकोट, खमाले, जिउका कोटिला लगायत ठाउँमा जताततै लटरम्म भुई नै छुने गरी स्याउ फलेका छन । हिजो आज गमगढी बजारमा प्रति दाना स्याउको मूल्य रु ५ देखि १० रुपैयासम्म रहेको छ ।

– दान बहादुर बुढा

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *