अमेरिकामा भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियामा कडाइ

एजेन्सी, काठमाडौं। अमेरिकी सरकारले वैधानिक रुपमा अमेरिकामा रहेका आप्रवासीको भिसा अवधि बढाउने र ग्रिन कार्ड पाउने प्रक्रियालाई कडा पारेको छ ।परिवर्तित नियमअनुसार सरकारी सुविधामा एक वर्षभन्दा बढी समय आश्रित रहने आप्रवासीहरु प्रभावित हुने छन् । सरकारको आप्रवासनसँग सम्बन्धित नियममा गरेको परिवर्तनले भविष्यमा अमेरिकी सरकारको सेवामा आश्रित हुने आप्रवासीहरु प्रभावित हुनेछन् ।ह्वाइट हाउसले यो कदम अमेरिकी नागरिकको हितको रक्षाका लागि आवश्यक भएको बताएको छ ।

उसले आप्रवासी आत्मनिर्भर हुनुपर्नेमा जोड दिएको छ । अमेरिकी नागरिकता र आप्रवासन सेवाका कार्यवहाक निर्देशक केन कच्चिनेलीले नयाँ नियमको घोषणा गरेका हुन । उनले ग्रिन कार्ड निवेदन दिने व्यक्तिको वित्तीय स्थिति, शिक्षा, उमेर तथा उसको अंग्रेजी भाषामा रहेको दक्षतालाई आधार बनाएर निर्णय हुने बताएका छ । सोमबार संघीय रजिस्टारमा ‘पब्लिक चार्ज रुल’मा नयाँ नियम प्रकाशित भएको छ । तर यो अक्टोबर १५ बाट मात्रै लागू हुनेछ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *