जापानले लैजाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुङ्गो लगायाे

एजेन्सी, काठमाडौं। जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष र महिला दुवै सहभागी हुन पाउनेछन् ।भाषा र सीप परीक्षण गर्न जापानबाटै टोली आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नर्सिङ कियर गिभरमा जाने कामदार जापानको सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमासहभागी हुन पाउनेछन् ।

‘जापानले यसका लागि कुनै विषयमा प्रमाणपत्र वा तालिमको प्रमाणपत्र पेस गर्नु नपर्ने बताएको छ । भाषा परीक्षा र सीप परीक्षणमा पास भए मात्रै पुग्छ,’ श्रमका एक अधिकारीले कान्तिपुरसँग भने । जापानले नेपालबाट १४ वटा क्षेत्रमा दक्ष(अदक्ष कामदार लैजाने सहमति गरे पनि पहिलो वर्ष नर्सिङ कियर गिभरको क्षेत्र छानेको हो । उसले ५ वर्षभित्र नर्सिङ क्षेत्रमा ६० हजार विदेशी कामदार लैजाने भएको छ । नेपालबाट मात्रै लैजाने संख्या भने सार्वजनिक गरेको छैन । कम्पनीले माग गरेअनुसार कामदार छानिने मन्त्रालयको भनाइ छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *