नेपालमा थुनामा रहेका २ जना भारतीय ताला तोडेर फरार

एजेन्सी, सुनसरी । हिरासत कक्षको थुनामा रहेको दुईजना भारतीय अभियुक्त हिरासत कक्षको ताला फोडी फरार भएका छन् । राष्ट्र सेवक कर्मचारीलाई बाधा विरोध मुद्दामा सुनसरीको इलाका प्रहरी कार्यालय धुलाबारीको हिरासतमा रहेका उनीहरू फरार भएका हुन् ।फरार हुनेमा भारत दार्जिलिङ अल्छिया बजार बस्ने २६ वर्षीय गणेश कामती र त्यही स्थानका २९ वर्षीय कृष्ण मण्डल छन्।

उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।थुनुवा फरार भएको अवस्थामा ड्युटीमा रहेका केही प्रहरीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान थालेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *