बालुवा उत्खनन गर्न खनेको खाल्डोमा डुबेर नुवाकोटमा २ महिलाको मृत्यु

एजेन्सी, नुवाकोट। नुवाकोटको कनी गाउँपालिका वडा नम्बर १ कोल्पुखोलामा बालुवा उत्खनन गर्न खनेको खाल्डोमा परेर सोमबार साँझ २ दुई महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा ककनी गाउँपालिकाको कागती गाउँकी विनिता बलामी र सिन्धुलीको फिक्कल गाउँपालिकाकी ३५ वर्षीय लक्ष्मी तामाङ रहेको ककनी गाउँपालिकाकी उपाध्यक्ष सिता लामाले जानकारी दिइन । कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खननको क्रममा बनाइएको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेकको पानीमा डुबेकी स्थानिय राजेन्द्र बलामिकी १३ वर्षकी छोरी बिनिता बलामीलाई बचाउन जाँदा उनीहरुको ज्यान गएको ककनी गाउँपालिकाकी उपाध्यक्ष लामाले बताइन ।खोला किनारमा खेल्न गएकी बालिका डुबेपछि उद्धार गर्न गएकी अर्की महिलाको पनि सोही खाल्डोमा डुबेर मृत्यु भएको स्थानीयले बताएका छन।अवैध रुपमा खोलामा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरि खाल्टो खन्ने कार्यको बिरोध गर्दै यस्ता अवैध गतिविधि तत्काल वन्द गर्न स्थानीयले प्रशासनसँग माग गरेका छन।मृत्यु भएकाहरुको जिम्मा कसले दिने भन्ने विषयमा छलफल गर्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष लामाले बताइन ।

प्रदेश सरकारले असारदेखि भदौसम्म तीन महिना नदिजन्य सामाग्रीको उत्खननमा रोक लगाउँदा समेत यहि श्रावण ८ गते जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सर्वपक्षिय बैठकले कानुन विपरित हाते औजार प्रयोग गरेर वालुवा निकाल्न अनुमति दिने निर्णय गरेको थियो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *