कार्यालयमै बलात्कार गरेको आरोपमा कार्यालय प्रमुख पक्राउ

एजेन्सी, काठमाडौं। प्रहरीले काठमाडौं महानगरपालिकाको कुचीकार प्रमुखलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ ।शनिबार दिउँसो कामनपाको पुरानो भवनमा रहेको कांग्रेसनिकट कर्मचारी संगठनको कार्यालयमा लगेर बाबुराजा पुजारीले बालिकालाई बलात्कार गरेको बताइएको छ । सँगै रहेका बालिकाका भाइले महानगरको गेटमै बस्ने प्रहरीलाई खबर गरेपछि सिंहदरबार वृत्तको टोलीले पुजारीलाई पक्राउ गरेको थियो।महानगरका कर्मचारीका अनुसार शनिबार मध्याह्न १२ बजेतिर पुजारी मोटरसाइकलमा बालिका र उनका भाइलाई लिएर महानगरको पुरानो भवनमा छिरेका थिए।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि पाटन अस्पतालमा भएको छ। ‘प्रहरीले बालिकालाई लिएर आई मुचुल्का उठाएपछि मात्र यो घटनाबारे हामीलाई जानकारी भयो,’ एक कर्मचारीले भनिन्, ‘महानगरपालिकाभित्रै बलात्कारको घटना भएपछि हामीलाई असुरक्षा महसुस भएको छ।’ती बालिका कहाँ की हुन् र पुजारीले कसरी त्यहाँसम्म उठाएर ल्याए भन्ने खुलेको छैन५२ बर्पीय पुजारीलाई प्रहरीले काठमाडौंमा जिल्ला अदालतमा पेश गरेको अदालतले सात दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएअनुसार अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।’

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *