कलिउड : चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक, काली प्रसादको देखियो यस्तो र्याप

एजेन्सी, काठमाडौं। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सार्वजनिक भएको छ । असोज ३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ को शिर्ष गीत सोमबार सार्वजनिक भएको हो । यस गीतमा संगीतकार एवम गायक कालीप्रसाद बास्कोटाको स्वर रहेको छ ।

यस गीतको भिडियोमा गायक कालीप्रसाद बास्कोटा र अनुपम शर्मालाई र्यापरको भूमिका निभाएका छन् । गीतको भिडियोलाई बिजु कर्मचारीले निर्देशन गरेका छन। चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ मा भने याहांग राई , उपासना सिंह ठकुरी , विजय बराल , कर्मा शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *