खेल्कुद : सन्दिपपछि सोमपालले अन्तर्राष्ट्रिय फ्रेन्चाइजमा चर्चा कमाउँदै

एजेन्सी, काठमाडौं। पछिल्ला दिनहरुमा नेपाली क्रिकेटरहरुले विदेशका चर्चित क्लबहरुमा विभिन्न म्याचहरुमा सहभागीता जनाउन थालेका छन् । नेपालका चर्चित खेलाडीहरु पारस खड्कापछि सन्दिप लामिछाने, सोमपालद कामीहरुले अन्तराष्ट्रिय स्तरका चर्चित म्याचहरुमा खेलेर नाम र दाम कमाइरहेका छन् । जसको पछिल्लो उदाहरण हुन् सन्दिप लामिछाने र सोमपाल कामी ।

क्यानाडामा भएको ग्लोबल टी ( २० को उपाधि नेपाली बलर सोमपाल कामी आवद्ध टिम विन्नीपेग ह्वक्सले जितेको छ । विन्निपेगले भान्कोवर नाइटलाई सुपरओभरमा पराजित गर्दै ग्लोबल टी९२० लिगको उपाधि जित्न सफल भएको हो । विन्नी पेगले दिएको १९३ रनको लक्ष्य पछाएको भान्कोवर २० ओभरमा ६ विकेट गुमाउदै १९२ रनमा सिमित भएपछि खेलको निर्णय सुपर ओभरबाट सोमपालको टिमले जित हात पार्न सफल भएको हो । सुपर ओभरमा भान्कोवरले २ विकेट गुमाएर केबल ९ रन मात्र बनाएपछि विन्नीपेगले जितका लागि १० रनको लक्ष्य पाएको थियो ।

विन्नीपेगले सो लक्ष्य ४ बलमा पुरा गर्दै उपाधि जितेको थियो । यस प्रतियोगितामा सन्दीप लामिछाने र सोमपाल कामीले भाग लिएका थिए । सन्दीपले यस खेलमा कुल चार खेल खेले भने उनले ४ खेलमा कुल ५ विकेट लिएपछि उनको पनि चर्चा चलुीएको छ । सन्दिपले यसअघि विश्वचर्चित खेल आइपीएल २ सिजन खेलेर चर्चामा आएका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *