बजार : ७० हजार पुगेको सुनको भाउ आज कति पुग्यो ?

एजेन्सी, काठमाडौं। साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै घटबढ भएको छैन । आइतबार सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि फेरि सुन प्रतितोला ७० हजार रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जानकारी दिएको छ ।

आइतबार तेजावी सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ भने आजपनि सुन प्रतितोला ६९ हजार ७ सय रुपैयाँमै कारोबार भइरहेको जनाएको छ। यसैगरी, आइतबार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमै कारोबार भइरहेको छ ।

सुनको भाउ बढेसँगै किन्ने भन्दा गहना बेच्ने ग्राहकहरु बढीरहेको सुन व्यसायीहरुको गुनासो छ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *