अन्तिम सोमबार : ४ किमी घस्रदै तौलेश्वरनाथ महादेवमा पुगेर गरे जर्लापण

एजेन्सी, कपिलवस्तु । साउन महिनाको अन्तिम सोमवार श्रद्धालुहरुले ४ किमी घस्रदै गएर तौलेश्वरनाथ महादेव मन्दिरमा जर्लापण गरेका छन् ।

साउनमा गरिने भगवानको शिवको पुजाआजाबाट मनोकाक्षा पुरा हुने जनविश्वास रहेको छ । त्यसैक्रममा वाणगंगा नदीको रामघाटमा स्नान गरि शुद्ध भई विहानैदेखि सदरमुकाम तौलिहवा स्थित मन्दिरमा जर्लापण गर्दै पुजाआजा गर्नेको दिउसोसम्मै भीड थियो ।

श्रद्धालु आईतवार साझ नदी पुगेर जाग्राम बसेका थिए । उनीहरु रातभर भजन, चुट्का गर्दै जाग्राम बसेका थिए । राति २ बजेदेखि नदीमा स्नान गरि चोखिई बाटोमा पल्टदै घस्रदै श्रद्धालुहरु मन्दिर पुगेका थिए । लगातार घस्रन नसक्नेहरु ठाँउ ठाँउमा रोकिदै आराम गर्दै अघि बढेका थिए । स–साना नाबालकदेखि युवा, महिला पनि घस्रदै मन्दिर पुगेका थिए ।

घस्रदै जानेलाई ठाँउ ठाँउमा स्थानीयले नुहाई दिने गरेका थिए । घस्रदै जानेको दुःखकष्ट देखेर बटुवाहरु ढोक्दै सम्मान गरेका थिए ।

ठाँउठाँउमा घस्रदै जर्लापण गर्न जानेलाई नगरपालिकाको दमकलले पानी फालेर शितलता समेत प्रदान गरेको थियो । मन्दिर दर्शन गर्न १ किमी बढी लाईन थियो ।

४ किमी कालोपत्रे बाटो श्रद्धालु २ देखि ४ घण्टा लगाएर मन्दिर पुग्ने गरेका थिए । कपिलवस्तु नगरपालिका ५ सेमरीका १० वर्षे रमेश कोरी विहान ४ बजे घस्रदै नदीबाट हिडेर ८ बजे मन्दिर पुगेका थिए । कक्षा ६ मा पढने उनी मन्दिर पुगेर जलापर्ण गर्न सकेकामा आत्मशान्ति र सन्तुष्टि भएको बताए । ‘अघिल्लो वर्ष जर्लापण गर्ने ईच्छा थियो’ उनले भने, ‘तर सानो हुदा घरकाले जान दिएका थिएनन् ।

घस्रदै जानेलाई लोट बम भनिन्छ । उनीहरुसंगै सोमवार लोटबम गर्ने बालक, युवा देखि बृद्ध सम्म २ सय बढी श्रद्धालु थिए । साउन महिना शिवको महिना हो । साउने सोमवार निराहार बसी जल चढाए मनोकाक्षा पुरा हुने जनविश्वास छ । अन्तिम सोमवार हुदा भीड थामी नसक्नु थियो ।

नजिकको रुपन्देही, दाङ र अर्घाखा“ची सम्मका भक्तजन आएका थिए । त्यस्तै भारतको सिद्धार्थनगर, महराजगंज र बस्ती जिल्लाका समेत तीर्थालु समेत आएका थिए । सोमवार यहा एक लाख बढी भक्तजनले जर्लापण गरे । ६० प्रतिशत बढी महिला सहभागी थिए ।

– मनोज श्रीवास्तव

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *