खोलाले बगाउँदा ६६ वर्षीय वृद्धको मृत्यु

एजेन्सी, उदयपुर। उदयपुरमा खोलाले बगाउँदा ६६ वर्षीय वृद्धको मृत्यु भएको छ । जिल्लाको बेलका नगरपालिका-१ आम्बासीका राजकुमार तामाङ लाई काली खोलाले बगाउँदा मृत्यु भएको हो ।

तामाङलाई स्थानीय खोलाले बगाएको भनी सूचना पाएलगत्तै भागलपुरको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

खोजतलास गर्ने क्रममा प्रहरीले काली खोलाको दोभानमा तामाङको शव फेला पारेको हो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *