चितवनका किसानले बेच्छन् वर्षमा १ अर्ब ५० करोडकाे केरा

एजेन्सी, चितवन। जिल्लाका किसानहरुले एक वर्षमै १ अर्ब ५० करोड बराबरको केरा बिक्री गर्ने गरेका छन् । केरा खेतीतर्फ किसानको आकर्षण बढ्दै गइरहेको बेला केराले उचित बजार नपाउनु, पाए पनि मूल्य नपाउनु मुख्य समस्या हुन् ।

यहाँका किसानले उत्पादन गरेको केराका लागि संकलन केन्द्र नहुँदा बजार र मूल्य दुबै पाउनमा कठिनाइ थियाे । यसै कुरालाई ध्यानमा राखी हाल रत्ननगरको पिठुवामा केरा संकलन केन्द्रको स्थापना गरिएको छ ।

शहकारी बजार विकास कार्यक्रम मार्फत ३१ लाखको लगानीमा मार्कण्डे केरा उत्पादक सहकारी संस्थाले संकलन केन्द्रको स्थापना गरेको हो । यसरी संकलन केन्द्र स्थापना भएपछि बिचौलियाले बजार अभाव देखाउने र मुल्यमा चलखेल गरी नाफामा खाने प्रवृत्तिमा कमी आउने किसानहरुको भनाई छ ।

चितवन केरा उत्पादक संघले केराको बिक्रिबाट नै वार्षिक अर्बौ रुपैयाको कारोबार गर्ने गरेको भए पनि चितवनमा हालसम्म संकलन केन्द्र भने रहेको थिएन । रत्ननगरमा स्थापना भएको संकलन केन्द्रबाट वडा नम्बर १४, १५ र १६ का किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

संकलन केन्द्र स्थापना भएपछि सानो तथा ठुलो केराको छुट्टै ग्रेडिङ गर्न सकिने प्याकिङ मार्फत बजारमा पुर्याईने हुदाँ हप्ता दिनसम्म नबिग्रने हुन्छ ।

हाल चितवनमा ७ सयभन्दा बढी केरा किसानले वार्षिक ५० हजार मेट्रिक टन केरा उत्पादन गर्दै आएका छन् । बीमामा हुने झन्झटका कारण हैरानी भोग्दै आएको यहाँका किसानहरुले ३ हजार बिगाहा क्षेत्रफलमा केरा उत्पादन गर्दै आएका छन् ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *