हङकङमा फेरि झडप : प्रदर्शनकारीद्वारा पेट्रोल बम र इट्टा प्रहार, प्रहरीद्वारा अश्रुग्याँस र लाठी

एजेन्सी, हङकङ। हङकङमा प्रहरी र प्रदर्शनकारीबिच गए राति झडप भएको छ । सरकारविरुद्ध हङकङमा दस सातादेखि प्रदर्शन हुँदै आएको छ ।

ठूलो समूह शहरमा प्रवेश गरे लगत्तै उनीहरुलाई रोक्न चाहेको प्रहरीसँग झडप भएको हो । प्रहरीले रेलवे स्टेसनसहित पूरै शहरभर अश्रु ग्यास प्रहार गरेको थियो । वान चाई जिल्लामा प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर पेट्रोल बम तथा इट्टा प्रहार गरे । त्यसको जवाफमा प्रहरीले प्रदर्शनकारीमाथि लाठी प्रहार गरेको हो ।

झडपमा प्रहरी र प्रदर्शनकारी तर्फ धेरै घाइते भएको जनाइएको छ । प्रहरीले रबरका गोली पनि प्रहार गरेको छ । सरकारले प्रस्ताव गरेको सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा सुरु भएको प्रदर्शन दुई महिना भन्दा बढी समयदेअि जारी छ । प्रदर्शन चर्किँदै गएपछि सरकारले विधेयक फिर्ता लिएको भए पनि प्रदर्शन रोकिएको छैन ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *