बजार : भदौदेखि दूधको मूल्य बढ्दै

एजेन्सी, काठमाडौं। दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरूप तीन वर्षपछि दूधको मूल्य बढाउन प्रक्रिया सुरु गरेको हो।

हाल तीन प्रतिशत चिल्लो पदार्थ (फ्याट) र ८ प्रतिशत ठोस (एसएनफ)रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर छ। प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय गर्न बाँकी छ। मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने देखिन्छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *