१ महिनामै बिग्रिए सभापतिका ११ गाडी : अनियमितताको आशंका

एजेन्सी, काठमाडौं। संघीय संसद्का सभापतिका लागि खरिद गरिएका ११ वटा नयाँ स्कर्पियो गाडी एक महिनामै बिग्रिएका छन् । सभापतिहरुले गाडी खरिदमा अनियमितता भएको आशंका गर्दै सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, संसद् सचिवालयका महासचिव मनोहर भट्टराईसँग छानबिन माग गरेका हुन् ।सभापतिहरुले शुक्रबार सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई भेटी गुणस्तरहीन गाडी फिर्ता गराउन ध्यानाकर्षण गराए ।

उनीहरुले गाडी खरिद प्रकरण छानबिन गर्न संसद्का तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गर्नुपर्ने मागसमेत गरे । गत आर्थिक वर्षको विकास बजेट रकमान्तर गरी सभापतिहरुका लागि गाडी खरिद गरिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *