नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका २ दर्जन सैनिक अधिकृतमाथि कारबाही

एजेन्सी, काठमाडौं। नेपाली सेनाले नक्कली शैशिक्ष प्रमाणपत्र पेस गरेका केही सहायकरथीसहित तीन दर्जन सैनिक अधिकृतमाथि कारबाहीको तयारी गरेको छ। उपरथी दर्जामा पदोन्नती हुन भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेस गरेका केही सहायक रथीसहित साधारण सेवा, विविध सेवा र प्राविधिक सेवातर्फका तीन दर्जनजति अधिकारीमाथि छानविनपछि कारबाहीको तयारी भइरहेको सैनिक मुख्यालयले जनाएको छ।

छानबिन समितिले ती अधिकृतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको तथा किर्ते कागजात बनाएको फेला पारेको छ। उनीहरुले पेश गरेका शैक्षिकलगायतका कागजातको वैद्यता नपुगेपछि छानविन प्रक्रिया अघि बढाइएको सेनाले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *