चीन र भारतलाई पछि पार्दै नेपालका निमेशले फहराए नेपाली झण्डा

एजेन्सी, काठमाडौं। चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेष गुरुङले दोस्रो स्वर्ण जितेका छन्।सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा स्वर्ण जितेका हुन्। उनले भारत र चीनका खेलाडी लाई पछि पारेर स्वर्ण जितेका हुन्।भारतका रविन्द्रसिंह रटेउला दोस्रो भए भने चीनका दाइ जुङफेङले तेस्रो स्थान हात पारेको निमेषले चीनबाट सेतोपाटीलाई जानकारी दिए।यसअघि निमेषले शुक्रबार हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए।

अब उनले अगस्ट १८ मा ट्र्याक एन्ड फिल्ड अन्तर्गत १० हजार मिटर दौडनमा प्रतिस्पर्धा गर्न बाँकी छ।पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरुको प्रतिस्पर्धा हुने गरेको छ। सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औं संस्करण भइरहेको हो। प्रतियोगितामा ओलम्पिक खेलकुदका जस्तै विभिन्न खेलमा प्रतिस्पर्धा हुन्छ।एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेषले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए।

संखुवासभामा जन्मिएका निमेष सिंगापुरका नाम चलेका नेपाली धावक हुन्। सन् २०१३ देखि दौडिन थालेका उनले त्यहि वर्ष ५ हजार मिटरमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए।सिं गापुर हुने स्थानिय प्रतियोगितमा प्रत्येक साता जस्तो पुरस्कार जित्ने निमेषले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।यस वर्ष उनले सिंगापुर पुलिसको पिएसए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *