कलिउड : दर्शकलाई मन पर्दैन भने ‘अनफलो’ गर्नु भन्दै साम्राज्ञी रुदै मिडियामा

एजेन्सी, काठमाडौं। नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह यतिबेला चलचित्र मारुनीको प्रचार प्रसारमा व्यस्त छिन । उनी नेपालमा फिल्म प्रचारको चापमा त छदैछिन त्यो भन्दा बढि चाप केही साताअघि इन्डोनेसियाको बालीस्थित सामुद्रिक किनारमा खिचाएको तस्विर र त्यसपछि उनिप्रति आएका प्रतिक्रियाले छिन ।

जुन कुरा उनले सामाजिक सञ्जालमा भिडियो बनाउदै सेयर समेत गरिन । प्रेमी देवांश जंग राणासंगका अर्धनग्न तस्बिरलाई लिएर दशृकले चर्को आलोचना पनि गरे । इन्डोनेसियामा छदै आएका नकारात्मक आलोचनाको झटपट प्रतिक्रिया दिदै सामज्ञीले आलोचकलाई ‘कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ।’समेत भन्न भ्याईन । उक्त साम्राज्ञीको प्रतिक्रियाले त झन दर्शक आलोचक झनै रुष्ट बने ।

यहि तनावले होला साम्राज्ञीले दर्शकलाई यसपटक त ‘यदि आफ्नो विचार मन पर्दैन भने आफुलाई अनफलो गर्न’ सक्नुहुन्छ भन्दै भिडियो नै पोस्ट गरिन । जुन दर्शकको कारण आज साम्राज्ञी यो ठाउँमा छिन । उनै दर्शकमध्यका केही आलोचकलाई यसरी निरन्तर चिडाउदा साम्राज्ञीको आउने फिल्म चलेन भने उनको करियर नै धरापमा पर्न सक्छ भन्दै साम्राज्ञीलाई बेलैमा आफ्ना गल्ति सच्याउन धेरैले सुझाई पनि रहेका छन ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *