भोजपुर बस दुर्घटना : ३ गम्भिर घाइते उपचारका लागी धरान लगियो

एजेन्सी, भोजपुर । भोजपुरको अन्नपूर्णबाट विराटनगरको लागि छुटेको मे १ ख ३१६४ नम्बरको बस मध्यपहाडी लोकमार्ग अन्तरगत गुप्तेश्वर र सिद्धेश्वरको सिमानामा पर्ने चप्पिरे खोलानजिकै घुम्ती काट्ने क्रममा बस भित्तामा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको बसका १० घाइतेमध्ये ३ जनालाई थप उपचारका लागी धरान लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका झापा हल्दीबारी गाउँपालिका–५ का ३० वर्षीय सहचालक अर्जुन लिम्बु, मोरङ रतुवामाई नगरपालिका–७ की २१ वर्षीया सविना गौतम भट्टराई र भोजपुर नगरपालिका– ९ की २४ वर्षीय मनिषा श्रेष्ठलाई थप उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हो ।

दुर्घटनामा घाइते भएका अन्यलाई जिल्ला अस्पताल भोजपुरमा उपचार गरिएको छ । दुर्घटनामा भोजपुर नगरपालिका–३ की २२ वर्षीया संगिता प्रधान, १७ वर्षीया अस्मिता श्रेष्ठ, ३१ वर्षीय गोविन्द प्रधान र ११ वर्षीय बालक विवेक श्रेष्ठको उपचार भैरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *