गठ्ठाघरमा सवारी दुर्घटना , १६ जना घाइते

एजेन्सी, भक्तपुर। भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा आज बिहान भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् ।आज बिहान सवा ६ बजे काठमाडौंबाट सिन्धुलीतर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफैं अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेका बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नंं. को ३ वटा बसलाई ठक्कर दिँदा बा ४ ख ५७९४ नं.को बसमा यात्रारत १६ जना यात्रु घाइते भएका हुन् । घाइतेहरु मध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगी उपचार भईरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

घटनामा संलग्न ४ वटै बस महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरले नियन्त्रणमा लिएको छ भने ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गाउँपालिका– ६ घर भई हाल काठमाडौं ताहचल बस्ने ३० वर्षीय दिपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान कार्य भइरहेको परिसरले जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *