भक्तपुरमा एउटा बसले ३ वटा बसलाई ठक्कर दियाे, १६ जना घाइते

एजेन्सी, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघर आकाशे पुलमुिन आज बस दुर्घटना हुँदा १६ यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा ४ ख ५७९४ नं. को बस आफै अनियन्त्रित भई सोही दिशा तर्फ जाँदै गरेको बा ३ ख ७०९३, बा ५ ख ४०२९ र ना ६ ख ७१८५ नं को तीनवटा बसलाई ठक्कर दिँदा ठक्कर दिने सवारी साधनमा यात्रारत १६ यात्रु घाइते भएका छन् ।

घाइतेमध्ये १३ जनालाई उपचारका लागि नागरिक अस्पताल गठ्ठाघर र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

दुर्घटनामा परेका चारवटै सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी प्रभाग गठ्ठाघरको नियन्त्रणमा राखिएको छ ।

ठक्कर दिने बस चालक सिन्धुली गोलानचोर गापा– ६ घर भई हाल काठमाडाैं ताहचल बस्ने ३० वर्षीय दीपकराज ठकुरीलाई महानगरीय प्रहरी वृत्त ठिमीको नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *