‘साहो’को ट्रेलर रिलिजपछि ‘बाहुबली’को रेकर्ड तोड्ने अपेक्षा

एजेन्सी, काठमाडौं। साउथ फिल्मबाट बलिउड प्रवेश गरेका अभिनेता प्रभासको बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर शनिवार रिलिज भएको छ । फिल्मको ट्रेलर एक्सनले भरपुर निकै दमदार रहेको छ । फिल्मको ट्रेलर हेरेर धेरैले प्रभासको पछिल्लो सुपरहिट फिल्म ‘बाहुबली २’को रेकर्ड तोड्ने अपेक्षा गरेका छन् ।

रिलिजको २४ घण्टामै ट्रेलरको १ करोड बढी भ्यूज भएपछि सो अड्ल गरिएको हो । फिल्मको ट्रेलर चारवटा भाषा (तमिल, तेलुगु, मलयालम तथा हिन्दी) मा शनिवार एकैचोटी रिलिज गरिएको हो । फिल्ममा प्रभासको साथमा नायिका श्रद्धा कपूरलाई देख्न सकिने छ ।

ट्रेलरमा प्रभास एक पुलिस अफिसरको भूमिकामा छन् जो एक खतरनाक गुन्डासँग भिडिरहेका देखिन्छन् । एक्सनलाई वास्तविक देखाउन फिल्ममा निकै मिहिनेत गरेको ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *