बलिउड : प्रभास र श्रद्धा अभिनित बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक

एजेन्सी, काठमाडौं। बाहुबली स्टारर प्रभास र श्रद्धा कपुर अभिनित बहुप्रतिक्षित फिल्म ‘साहो’को ट्रेलर सार्वजनिक भएको छ। यसअघि सार्बजनिक भएको फिल्म साहोको टिजर पनि दर्शकले निकै रुचाए । हलिउड शैलीको एक्सनले भरिएको यस फिल्मको ट्रेलर २ मिनेट ४६ सेकेण्डको रहेको छ । सुजिथले निर्देशन गरेको यस फिल्ममा प्रभासको धमाकेदार एक्सन देख्न पाइन्छ ।

यस फिल्ममा प्रभास र श्रद्धा दुबै प्रहरीको भूमिकामा रहेका छन् । अगस्ट ३० मा रिलिजको तयारीमा रहेको यस फिल्ममा प्रभास र श्रद्धासहित अलावा चंकी पाण्डे, ज्याकी श्रफ तथा निलि नितिन मुकेश लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियोमा हेर्नुहोस्:

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *