तनहुँका ग्रामीण क्षेत्रका अधिकांश पानीमा कोलीफर्म भेटियो

एजेन्सी, तनहुँ । तनहुँका ग्रामीण क्षेत्रका अधिकांश भागका पानीका श्रोतमा कोलीफर्म भेटिएको छ । दमौली अस्पतालमा खानेपानीको नमूना जाँच गर्दा ग्रामीण भेगका अधिकांश खानेपानीका मुहानमा कोलीफर्म भेटिएको दमौली अस्पताल प्रयोगशालाकी ईन्चार्ज शुशिला कार्कीले बताईन् । उनले भनिन्,- ‘सुरक्षित खानेपानीमा कोलीफर्म हुनु हुँदैन । तर तनहुँका अधिंकाश ग्रामीण भेगको खानेपानी मुहानमा कोलीफर्म फेला परेको छ । खानेपानीमा कोलीफर्म भेटिनु भनेको पानीमा मानवको दिशा भेटिएको बुझिने उनले बताईन् ।’

खानेपानीको परिक्षण गर्दा तनहुँका ४६ वटा खानेपानीको मुहानको पानी परिक्षण गरिएको छ । जसमा व्यास नगरपालिकाको २३ वटा मुहान , भानु नगरपालिकाको ३ वटा ,आँबुखैरेनी गाँउपालिकाको ६ वटा , म्याग्दे गाउँपालिकाको १० वटा र बन्दीपुर गाउँपालिकाको ४ वटा मुहानको खानेपानी परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीमा बढी कोलीफर्म

आँबुखैरनी गाउँपालिकाको अधिकांश खानेपानीको मुहानमा कोलीफर्म भेटिएको छ । व्यास नगरपालिकाको खानेपानीको मुहानहरु खासै नभेटिएको कार्यालयले जनाएको छ । खानेपानीको वाजटेज विधिबाट परिक्षण गरिएको हो । तनहुँलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गरियता पनि उक्त कार्यक्रम प्रभावकारी नहुँदा पानीमा कोलीफर्म भेटिएको जानकारहरुको दाबी छ ।

स्वास्थ्य कार्यालका प्रमुख रमेश बाह्रकोटीका अनुसार खानेपानी परिक्षण गर्दा अधिकांश खानेपानीका श्रोतमा कोलीफर्म देखा परेपछि खानेपानी उपभोक्ता समितिहरुलाई सचेत गरार्ई पानीको गुणस्तर सुधार गर्न आग्रह गरिएको बताए । उनले भने, उपभोक्ता समितिहरुले खानेपानीको मुहान सरसफाई देखि सप्लाई गरिने साधनहरुलाई बेला बेलामा परिक्षण गर्नुपर्छ ।

उनले खानेपानीमा कोलीफर्म देखा परेकाले खानेपानीलाई उमालेर प्रयोग गर्न समेत आग्रह गरे । नेपाल सरकारले खानेपानी गुणस्तर तथा निगरानी कायक्र्रम अन्र्तगत खानेपानीको परिक्षणे संकलन गरिएको हो । खानेपानीमा कोलीफर्म रहेको खण्डमा झाडापखला, आँउ, हैजा, टाईफाईट हुन सक्ने भएकाले सतर्क हुन सुझाव दिए ।

– सबिन लामिछाने

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *