प्रवास : पोर्चुगलमा नेपाली बिरामीको विचल्ली

एजेन्सी, लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली गम्भीर रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो ।

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आउनुभएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित हुनुहुन्छ । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएका गुरुङले मिर्गौला पीडित भएको थाहा पाउनुभएको हो ।

रु ११ लाख खर्च गरी उहाँ पोल्याण्ड आउनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ । चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताउनुभयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *