बलिउड : ‘साहो’का लागि प्रभाषले १०० करोड पारिश्रमिक लिए !

एजेन्सी, काठमाडौं। प्रभाषको मचअवेइटेड फिल्म ‘साहो’को ट्रेलरको पर्खाईमा छन् फ्यानहरु । यो फिल्मको टिजर, फस्टलुक र दुई वटा गीत दर्शकमाझ रिलिजमा आइसकेको छ । भर्खरै अभिनेता प्रभाषले सोसल मिडियामा सेयर गरेका एक पोष्टमा यही शनिबार अर्थात् १० अगष्टका दिन अफिसियल ट्रेलर सार्वजनिक गरिने बताएका छन् ।

यो जानकारीले फ्यानहरुमा दुई गुणा एक्साइटमेन्ट बढाएको छ । प्रभाषले आफ्नो इन्स्टाग्राममा डार्क तस्वीर सेयर गर्दै लेखेका छन्, ‘डार्लिङ्ग्स, ‘साहो’को दुनियामा कदम राख्नका लागि समय सुरु भएको छ । साहोको ट्रेलर १० अगष्टका दिन रिलिज गरिनेछ ।’

रिपोर्टका अनुसार मेकर्सले ‘साहो’को ट्रेलर रिलिज गर्नका लागि ग्राण्ड तयारी गरिरहेको छ । ट्रेलर सार्वजनिक गर्नका लागि अभिनेता प्रभाषले पाँच वटा शहर (हैदरबाद, चेन्नाई, कोच्चि, बैंगलुरु र मुम्बई)को टुर गर्ने भएका छन् ।

प्रभाषको यस टुरमा अभिनेत्री श्रद्धा कपूर पनि सँगै हुनेछन् । यो टु्र मुम्बईबाट सुरु हुनेभएको छ । पावरप्याक्ड एक्शन थ्रिलर यस फिल्ममा अभिनेता प्रभाषले हैरतअंगेज स्टन्ट सिन गरेका छन् । यो फिल्म २०१९ कै सबै भन्दा ठूलो फिल्मको रुपमा लिइएको छ ।

‘साहो’लाई तमिल, तेलेगु र हिन्दी भाषामा रिलिज गरिने भएको छ । समाचारमा आएअनुसार यो फिल्मको लागि अभिनेता प्रभाषलाई १०० करोड पारिश्रमिक दिइएको छ । सोही कारण प्रभाष भारतकै सबै भन्दा महंगो अभिनेता बन्न सफल बनेका छन् । अर्कोतर्फ अभिनेत्री श्रद्धा कपूरले भने यो फिल्मको लागि सात करोड पारिश्रमिक बुझेकी चर्चा छ ।

३० अगष्टबाट दर्शकमाझ ‘साहो’ रिलिजमा आउँदैछ । फिल्ममा प्रभाष र श्रद्धाको साथमा मन्दिरा बेदी, नील नीतिन मुकेश, ज्याकी श्रफ, चंकी पाण्डे लगाएत कलाकारहरु मुख्य भूमिकामा छन् । ‘साहो’को मेकिङमा प्रयोग गरिएको हाई क्लास भिएफएक्सको जताततै चर्चा भइरहेको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *