किन झर्छ पुरुषको कपाल महिलाको भन्दा बढी ?

एजेन्सी, काठमाडौं। कपाल झर्ने समस्याले कतिपय पूरुषहरुले हैरानि खेप्नु परेको छ । उमेर नपुग्दै कपाल झर्नु रोगको संकेत पनि मानिन्छ । सामान्य तया महिलाको भन्दा पूरुषको कपाल धेरै झरेको पाइन्छ । उमेर नपुग्दै कपाल झरेकै कारण धेरै पुरुषहरु चिन्तामा पर्छन् । उमेर बढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ । तर, कपाल झर्नु पुरुषका लागि टाउको दुखाइ बनिरहेको छ ।

कपाल झर्नुका पनि विभिन्न कारणले हुने गदर्छन । पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो । तर यो सबैमा देखिन्छ भन्ने हुँदैन । दैनिक काम वा अन्य विभिन्न कारणबाट उत्पन्न हुने तनावले कपाल झर्ने गर्छ ।

अधिकांश पुरुष फरक स्टाइल दिने नाममा कपाल रंग्याउने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने हुन्छ । अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियम आदिको कमी हुन्छ र कपाल झर्ने हुन्छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *