प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् १ लाख ७६ हजारले रोजगारी पाए: श्रममन्त्री बिष्ट

एजेन्सी, काठमाडौं। सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् करिव १ लाख ७६ हजार जनाले रोजगारी पाएको दावी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्यक्रममार्फत् एक वर्षभित्र १ लाख ७५ हजार ९०९ जनालाई रोजगारी दिइएको जानकारी गराएको हो ।

सबै स्थानीय तहमा ६ हजारभन्दा बढि आयोजना संचालन गरी गरिवीको चपेटामा परेका बेरोजगार करिव एक लाख ७६ हजार जनालाई एक वर्ष भित्र रोजगारीको अवसर दिइएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताउनुभयो ।

मन्त्री विष्टले सो कार्यक्रम लागू गर्न सरकारले ८६ वटा प्रक्रियालाई पूरा गरेको पनि स्मरण गराउनु भयो । उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रम निष्पक्ष रहेको र त्यसलाई प्रभावकारी ढंगले अघि बढाउन सरकारले आवश्यक नीतिगत, कानुनी र संरचनागत आधार तयार पारिसकेको दाबी पनि गर्नु भयो ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *