भारतीय मजदूरलाई पनि अनिवार्य प्यान लागू भएपछि धमाधम प्रमाणपत्र वितरण गरिँदै

एजेन्सी, विराटनगर। भारतीय दूतावासको सहयोगमा मोरङ व्यापार संघले सुनसरी-मोरङ औद्योगिक कोरिडोरमा कार्यरत भारतीय मजदूरहरुलाई भारतीय प्रमाणपत्र वितरण गर्न विराटनगरमा रजिष्ट्रेशन शिविर आयोजना गरेको छ ।

सरकारले भारतीय मजदूरहरुलाई तलब वितरण गर्दा पनि अनिवार्य प्यान नम्बर लिनुपर्ने प्रावधान लागू गरेपछि भारतीय मजदूरहरुलाई भारतीय भएको प्रमाणपत्र आवश्यक परेको हो । भारत सरकारले आफ्नो नागरिक भएको प्रमाणपत्र दिएपछि उनीहरुलाई प्यान नम्बर लिन सहयोग पुग्ने मात्र होइन नेपाल भित्र अन्य कार्य गर्न पनि सहयोग पुग्ने मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्धडाले जानकारी दिनुभयो ।

सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुमा करिब ८ हजार भारतीय मजदुरहरु कार्यरत रहेको अनुमान छ । शिविरमा भारतीय प्रमाणपत्र लिन नपाउनेले राजधानी स्थित भारतीय दूतावास नै गएर प्रमाणपत्र लिनुपर्ने बाध्यता रहेको छ । तीन दिने शिविरमा करिब ३ हजार जनाले मात्र भारतीय प्रमाणपत्र पाउने भएकाले शिविरको समय केही दिन बढाउन सहभागीहरुले माग गरेका छन् ।

भारतीय दूतावासले आफ्ना नागरिक रहेको नेपालका विभिन्न भूभागमा रजिष्ट्रेशन शिविर आयोजना गरेर प्रमाणपत्र वितरण गर्न लागेको जनाएको छ ।

नेपाल डेली पोस्ट

नेपाल डेली पोस्ट डट कम वेवसाइट एन टि बि मिडिया को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *